
२३ फागुन, कुवेत । कोरोना महामारी रोकथामका लागि कुवेत सरकारले एकमहिनासम्म रात्रिकालिन कफ्र्यु लगाउने भएको छ ।
कुवेतको मन्त्रिमण्डलले गरेको निर्णय अनुसार देशैभरी आइतबार (७ मार्च) देखि अप्रिल सम्मनै कफ्र्यु लगाउने निर्णय गरेको हो ।
कु्वेतका प्रधानमन्त्री शेख सबद खालिण्द अल हमद अब सबाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकको निर्णय अनुसार बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि एकमहिनासम्मका लागि कफ्र्यु लगाउने घोषणा गरिएको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।
पछिल्ला केही दिनयता कुवेतमा कोरोना भाइरस संक्रमण वृद्दि हुँदै गएको बताइएको छ । कुवेतमा कूल १ लाख ९६ हजारमा कोरोना भाइरस संक्रमण भएको छ । साथै १ हजार १०५ जनाको मृत्यु भएको छ भने कूल संक्रमित मध्ये १ लाख ८३ हजार ३२१ जना निको भएको तथ्यांक रहेको छ ।