२३ फागुन, काठमाडौं । जाडो अथवा गर्मी जुनुसकै मौसम होस्, खाना हाम्रो आधारभूत आवश्यकता हो। गर्मी मौसम शुरु भएसँगै हामीले हाम्रो खानामा केही परिवर्तन गर्नुपर्दछ। यस मौसमा बजारमा बिभिन्न किसिमका फलफूलहरु देख्न सकिन्छ । गर्मी मौसममा शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूलको सेवन गर्नु आवश्यक हुन्छ ।
गर्मीमा हामीले खाने र पिउने कुराले हाम्रो स्वास्थ्यमा ठूलो असर गर्छ र अलिक लापरवाहीले तपाईलाई बिरामी पार्न सक्छ। धेरै मानिसहरूलाई यस मौसममा डिहाइड्रेशन र भिटामिन, खनिजहरूको अभाव हुन्छ। यस मौसममा यी चीजहरू खानुहोस ।
१. खरबुजा
गर्मी मौसममा पाइने फलहरु मध्ये खरबुजा पनि हो यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै यसमा हुने तत्वले पेटसम्बन्धी समस्या ९ग्याँस्ट्राइटिस, कब्जियत० बाट मुक्ति मिल्छ । खरबुजामा पानीको मात्रा प्रशस्त हुन्छ ।यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।
२.अंगूर
अंगूर शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल हो । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ ।
३. स्याउ, अन्जीर र नास्पति
यी तीन वटै फलमा फाइबर प्रसस्त मात्रामा पाइन्छ । यसमा अधिक पौष्टिक तत्त्वहरू हुने भएकोले यी फलफहरु बोक्रासँगै खाने गर्दछन् । यो खानु अघि राम्रोसँग पखालेर मात्र सेवन गनुपर्दछ । दुई मध्यम आकारको अञ्जिरमा १.५ ग्राम फाइबर पाइन्छ ।
४. काँक्रा
काँक्रमा ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौसममा यसको सेवन गर्नु उपयुक्त हुन्छ । यसको सेवनले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्न मद्दत गर्छ र शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।
५. आँप
आँपलाई फलफूको राजा भनेर चिनिन्छ । आँप खानु स्वास्थ्यका दुष्टिकोणले लाभदायी मानिन्छ । यसले शरीरमा शक्ति पैदा गर्छ र आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।
वि.सं.२०७७ फागुन २३ आइतवार १३:२३ मा प्रकाशित