-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सुशान्तको आत्महत्यापछि वलिवुडमा गुमनाम बन्दै रिया, फिल्म निर्देशकले पनि निकाले



काठमाडौं । वलिवुड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यासँगै उनकी प्रेमिका रिया पनि वलिवुडमा गुमनाम बन्दै गएकी छन् ।

शुसान्तको आत्महत्यामा उनको हात रहेको आरोप, एनबीसीसँग रिया आफैले शुसान्तलाई ड्रग्स दिने गरेको खुलासासँगै जेल जानु परेको घटनाले रिया अब वलिवुडबाट विस्तारै गुमनाम हुँदै गएकी छन् ।

वलिवुडमा उदाउँदै गरेकी र भविष्यमा ठूलो नाम राख्ने आसाका साथ हेरिएकी रिया चक्रवर्तिलाई यतिबेला वलविुडले मात्र इन्कार गरेको छैन उनका दर्शकहरुले पनि उनलाई हेयरको भावले हेर्ने र विस्तारै विर्सदै जान थालेपछि उनी गुमनाम जस्तै भएकी हुन् । उनी यतिबेला सोसल मिडिया तथा वलिवुडको दुनियाबाट विस्तारै टाढा हुँदै गएकी छन् ।

यसअघि रिया बलिवुडका वादशाह अभिताव बच्चनसँगै फिल्ममा देखिने बताइएको थियो । उक्त फिल्मको खुव चर्चा पनि गरिएको र रियाले वलिवुडमा पकड जमाउने आसा गरिएको थियो । तर, भर्खरै रिलिज भएको उक्त फिल्मको पोस्टरमा मुख्य भूमिका रहेकी भनिएकी रिया भने गायव थिएन् ।

सुटिङमा समेत सहभागी भएकी रियालाई सुशान्तको आत्महत्यापछि लागेका विभिन्न आरोपका कारण पनि उनलाई पोस्टरमा नराखिएको आंकलन गरिएको छ । उक्त पोस्टरमा अभिताव वच्चन, इमरान हासमी, क्रिस्टल डिसुजा देखिएका छन् ।

उक्त पोस्टरमा रियालाई नाराखिनु शुसान्तको आत्महत्यापछि रियाप्रति दर्शकको दृष्टिकोण परिवर्तन हुँदै जानु र आकर्षण घट्नुका कारण फिल्मलाई असर पर्ने हुनाले नराखिएको जस्ता आंकलन गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा