-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

दलको नेता परिवर्तन गरेको जानकारी गराउन संसद सचिवालय पुगे प्रचण्ड–माधव पक्षका नेता



फागुन २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले संसदीय दलको नेता परिवर्तन गरेको जानकारी संसद सचिवालयलाई गराएको छ । आइतबार दिउसो प्रचण्ड–माधव पक्षका नेताहरु संसद सचिवालय पुगेर उक्त जानकारी गराएका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरु नै सचिवालय पुगेर जानकारी गराएका थिए । उनीहरुले संसद सचिवालयका महासचिव भरतराज गौतमलाई लिखित जानकारी बुझाएका छन् ।

जनाइएअनुसार नेकपाका बहुमत सांसदको हस्ताक्षरसहित पत्र बुझाइएको छ । यसअघि शुक्रबार बसेको प्रचण्ड–माधव पक्षीय नेकपाको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत नेतामा चयन गरेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ