Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सप्तरीमा बलात्कार आरोपित पक्राउ



२३ फागुन, सप्तरी । बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ ।

आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएको थियो । आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल ढोका लगाई ओछ्यानमा लडाएर बलात्कार गरेको पीडितले बताए।

पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत २०७७ कात्तिक ३ गते उजूरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजूरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । बलात्कारबाट गर्भवती बनेकी पीडितबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गत कात्तिक १५ गते छोराको जन्म भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा