
फागुन २३, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको छ । आईतबार सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट जारी हुने फैसला सुनाएको हो ।
रिट जारी गर्नु भनेको कट्टेलको पक्षमा फैसला हुनु हो ।
तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा गरिएसँगै ऋषि कट्टेलले नामको आधिकारिक पक्ष आफुँ भएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले २०७५ मंसिर २१ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
तर, उनले दायर गरेको मुद्दा निरन्तर स्थगनमा पर्दै आएको थियो ।
सर्वोच्चको यो फैसलासँगै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाममा दर्ता गरिएको पार्टीको नाम बदर भएको छ ।
सम्बन्धित समाचार