back

कवि भण्डारीको ‘ऋतम्भरा’ प्रकाशन

वि.सं.२०७३ माघ १६ आइतवार

438 

shares
GLOBAL IME AD
NTC AD

१६ माघ,काठमाडौँ । साहित्यकार मोहनप्रसाद भण्डारीको २१ वर्षको मेहेनतपछि पहिलो महाकाव्य ‘ऋतम्भरा’ प्रकाशित भएको छ ।

दमक बहुमुखी क्याम्पसका प्राध्यापक भण्डारीको यसअघि ‘यस प्रेयसी खण्डकाव्य’, प्रजातान्त्रिक समाजवाद ‘हिजो, आज र भोलि’ लगायत आधा दजर्न पुस्तक प्रकाशन भइसकेका छन् ।

छन्दमा लेखिएको सो महाकाव्यमा २१ सर्ग छन् भने प्रायः सबै छन्दको प्रयोग पनि गरिएको छ । चार सय ८६ पेजको महाकाव्यलाई नेपाली महाकाव्य परम्परामा नयाँ उपलब्धिको रुपमा लिइएको छ ।

“छिटै लेखिसकिएला भनेर प्रेयसी खण्डकाव्यको अन्तिमपानामा ऋतम्भरा महाकाव्य आउँदैछ भनेर लेखें” भण्डारीले सुनाउनुभयो “त्यही बचन पूरा गर्नका लागि मैले पाठकलाई २१ वर्ष कुराए । “सत्य र विवेकशीलताको अर्को नाम ऋतम्भरा हो ।” कवि भण्डारीले भन्नुभयो ।

वरिष्ठ साहित्यकार डा ताना शर्मा, डा मोदनाथ प्रश्रित र डा बन्जु शर्माले कृतिको शनिबार विमोचन गर्नुभएको थियो ।

वि.सं.२०७३ माघ १६ आइतवार ०८:४८ मा प्रकाशित

‘पहिलो किरण’ कवितासङ्ग्रहको दाङमा लोकार्पण

‘पहिलो किरण’ कवितासङ्ग्रहको दाङमा लोकार्पण

दाङ । साहित्यकार गिरिराज खनालको ‘पहिलो किरण’ कविता सङ्ग्रह घोराही...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु– ६ चुँदी, तनहुँ हाल चनपा ६ मातातीर्थ...

सुसेली

सुसेली

वासुदेव ठकुरी तारकेश्वर न.पा.–९, मनमैजु १ बिस्र्यो नभन तिमीलाई संझेर...

‎गजल

‎गजल

कुमार थापा, निजगढ, बारा ‎तिम्रै हुँ भन्छ्यौ प्रेयसी आधार खै...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

गजल

गजल

तिलक ‘गाउँले’ तिलागुफा – ३, कालिकोट बनेकै हो बुबा प्यारो...