
२३ फागुन, काठमाडौँ । भोजपुर जिल्लाका संघीय सांसद सुदन किराँती अब नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुरानो ठाउँमा फर्कनै नसक्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नाम विवाद बारे सर्वोच्च अदालतले आज गरेको फैसलापछि आएका टिकाटिप्पणीकै बीच सांसद किराँतीले यस्तो बताएका हुन् ।
सर्वोच्चले घोषणा पूर्वको साबिक तत्कालिन नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) लाइ नै मान्यता दिने फैसला गरेसँगै आएका भ्रम र अन्यौलतालाई चिर्दै किराँतीले सर्वोच्चले फैसला गरे पनि नेकपा पुरानो ठाउँमा फर्कनै नसक्ने बताएका हुन्।
सर्वोच्चको फैसलाले मुलुकमा फेरि संवैधानिक र कानुनी जटिलता थपिएको भन्दै उनले अब यी दुई पार्टीहरु पुरानो स्थितिमा फर्कनै नसक्ने बताउँछन्र । गोपाल किरातीको नाममा नेकपा (माओवादी केन्द्र) र संध्या तिवारीको नाममा नेकपा (एमाले) दर्ता भैसकेको उनकाे भनाइ छ ।
नेकपाकै नाममा सरकारले ३ वर्ष काम गरिसकेको छ । यसबीचमा उपनिर्वाचन र राष्ट्रिय सभाको निर्वाचन पनि भैसकेको हुँदा अब तिनको पद के होला भन्ने भन्ने जटिलता पनि रहेको उनले उल्लेख गरेका छन् ।
उनले सर्वोच्चको फैसलाले मुलुकमा फेरि संवैधानिक र कानुनी जटिलता थपिएको भए पनि सर्बाेच्चको फुल बेन्चले निकास दिनेगरी फैसला गर्ने विश्वास गरेका छन् ।
किराँतीले उठाएका ४ सवाल यी हुन् :
१, पार्टी एकता गर्दा पुरानो दुबै पार्टी भंग गरिएको भनिएको छ ।
२, गोपाल किरातीको नाममा नेकपा माओवादी (केन्द्र) र संध्या तिवारीको नाममा नेकपा (एमाले) दर्ता भै सकेको छ ।
३, उप निर्वाच र राष्ट्रिय सभाको निर्वाचन भै सकेको छ (तिनको पद के होला ? )
४, नेकपाको नाममा संचालित सरकारले बिगत ३ बर्षमा धेरै काम गरि सकेको छ ।
लाग्दछ मुलुकमा फेरि संवैधानिक र कानुनी जटिलता थपिएको छ आशा गरौं सर्बोच्चको फुल बेन्चले निश्चित रुपमा न्याय दिलाउने छ १