
२४ फागुन, काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले नारी दिवसका अवसरमा आफ्ना ग्राहकको हितलाई ध्यानमा राखेर नारी बचत खाताको सुरुआत गरेको छ।
यो विशेषगरी १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नका लागि प्रदान गरिएको सुविधा रहेको बैंकले जनाएको छ।
यस खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ५ प्रतिशतका दरले मासिकरुपमा व्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था सार्थ मोबाईल बैंकिङ तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ ।
यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाहरुबाट यस किसिमको बचत गर्न सकिने बैंकले जनाएको छ ।