-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

रुपा गाउँपालिकामा सप्ताहव्यापी शिविर



२४ फागुन, गण्डकी । सर्वसाधारणको हितलाई लक्षित गर्दै नेलम्बो नेपालद्वारा कास्कीको रुपा गाउँपालिकामा सप्ताहव्यापी ‘मुख स्वास्थ्य तथा दन्त शिविर’ आयोजना गरिएको छ ।

आइतबारदेखि शुरु भएको शिविरमा डा रोशन केसीको नेतृत्वमा डेन्टल हाइजेनिष्ट स्नेहा खड्का, क्लिनर विजय थापा मगर सहित छ जनाको टोली रहेको छ । शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले ‘रुपाको पहिचान सबै क्षेत्रमा समृद्धीको अभियान’ नाराका साथ गाउँपालिका अघि बढिरहेको उल्लेख गर्दै नेलम्बो नेपालप्रति आभार व्यक्त गरे ।

अध्यक्ष ओझाले मुखको सरसफाइमा ध्यान नदिए क्यान्सरसमेत हुनसक्नेतर्फ सचेत गराउँदै शिविरबाट अधिकतम लाभ लिन सर्वसाधारणलाई आग्रह गरे । गाउँपालिकाले स्वास्थ्यलाई महत्व दिई सबै वडामा चौकी स्थापना गरेको उनले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले शिविरबाट विपन्न समुदायले फाइदा लिनुपर्ने उल्लेख गर्दै दातको उपचार महँगो भएकाले विपन्न समुदायको पहुँचमा नरहेको बताए ।

नेलम्बोमा अध्यक्ष एकदेव देवकोटाले सक्रिय सहभागिता हुने ठाँउमा संस्थाले सहयोग गर्दै आएको स्पष्ट पारे। कार्यक्रममा वडा नं ६ का अध्यक्ष नारायण गुरुङ, नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीलगायतले मुख स्वास्थ्य तथा दातको उपचार सेवाको आवश्यकता औँल्याए । शिविरको पहिलो दिन आइतबार २२ जनाले उपचार गराएका छन् ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा