२४ फागुन, दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
ना ४ ख ९०१६ नम्बरको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक लमही नगरपालिकाका तिलक थापा र मोटरसाइकल पछाडि बस्ने प्रकाश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बस्ने प्रकाशको घटनास्थलमा नै मृत्यु भएको थियो भने चालक तिलक थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।