
फागुन २४, काठमाडौं । नेकपा माओवादी केन्द्र (सर्वोच्चको फैसलापछि)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालले सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै जीत भएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत सर्वोच्चको फैसलाबारे बोल्दै उनले सर्वोच्चको फैसलासँगै ओली पक्षले खुसीयाली मनाईरहेको बताइन् ।
सामाजिक सञ्जालमा उनले भनेकी छिन्, ‘अन्ततस् केपी ओली को चाहना पुरा भएको छ, आज पार्टी विभाजन भएको खुशीयालीमा देशभर हर्सोल्लास मनाईरहेका छन् ।’
अन्तत: केपी ओली को चाहना पुरा भएको छ, आज पार्टी बिभाजन भएको खुशीयालीमा देशभर हर्सोल्लास मनाईरहेका छन् ,आज पुष्टी नै भएको…
Posted by Ganga Dahal on Sunday, March 7, 2021
उनका अनुसार पार्टी एकता ओलीले प्रधानमन्त्री हुनकै लागि रचेको नाटक थियो । जसको हिसाब किताब कुनै समय हुने उनले बताईन् ।
‘आज पुष्टी नै भएको छ कि प्रधानमन्त्री हुन कै लागी मात्र पार्टी एकताको नाटक रचिएको रहेछ नेपाली जनताले यसको हिसाव पक्कै राख्ने छ’, उनले भनेकी छिन् ।
आइतबार सर्वोच्च अदालतले नेकपा नामको मुद्दामा फैसला गर्दै साबिक नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै ब्यूँताउने निर्णय गरेको थियो ।