
२४ फागुन, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा आउँदो चैत १८ हुनेछ । सभा काभ्रेपलाञ्चोकको बनेपाबजारस्थित पञ्चकन्या बैंक्वेट प्रालिमा बिहान ११ बजेबाट सुरु हुने छ।
साधारणसभामा यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको ९.२० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापतको नगद लाभांशसम्बन्धी प्रस्ताव पेश भई पारित हुनेछ ।
अहिले मिर्मिरेले स्वेडा लघुवित्तलाइ एक्वाएर गर्न सहमति गरिसकेको छ । सो एक्विजिसनपछि मिर्मिरेले एफपीओ ल्याउनेछ ।
त्यस्तै, सो साधारणसभाले मर्जर तथा एक्विजिसनमा जाने एजेन्डा पारित गरी आवश्यक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ । त्यसबाहेक साधारणसभामा नियमित रुपमा पेश गर्नुपर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि तय गरिएको छ ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो चैत ८ गतेबाट चैत १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।