Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता: नारीको बिषयमा म बोल्दिन



म नारीको बारेमा केही भन्दिन
न लेख्छु न संकेत गर्छु
केही पनि बोल्दिन
यस्को अर्थ म मौन रहन्छु
तर मौनको अर्थ महिमाको विपरित होइन

लेखिरहनु पर्छ र ! प्रशंसा –पत्र ?
भनिरहनु पर्छ र ! गाथा ?
के अझै छन् उठाउनुपर्ने अनगिन्ती प्रशंगहरु ?
आदिमकालदेखिको अतुलनीय भूमिकाहरु !
ज्वलन्त उदाहरणहरुको उद्दरण गरिरहनु पर्छ र ! अझै ?
भन्नुस् तपाईं कति प्रशंसा गर्नुहुन्छ घामको ?
कहाँसम्म ?
कति मात्रा

म नारीको बिषयमा कम से कम पनि बोल्दिन
हुन पनि उनीहरुको ज्वाजल्यमान् शक्तिको अगाडि…
सृष्टिकर्ताको अगाडि पनि…
बोल्दापनि अलिकति शब्द विपक्ष भए के भन्लान्
तछाडी म अनुहार पनि देखाउदिन

म बोल्दिन नारीको बिषयमा
मौनताभन्दा अर्को वर्णन र शालिन तारिफ छैन्
उद्देश्य– मौनता आफैमा अविछिन्न समर्थन हो
नारीको योगदान वर्णन गरेर सँसारमा अट्दैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा