
२४ फागुन, काठमाडौँ । काठमाडौँमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत त्रिभुवन आर्मी क्लब विरुद्ध टस हारेर पहिले ब्याटिङ्ग गरेको मेयर्स-११ को टिम १५५ रनमा अलआउट भएको छ ।
सन्दिपको कप्तानीमा रहेको मेयर्स-११ को टिम ४२.१ ओभरमा १५५ रन बनाएर अलआउट हुन पुगेको हो । मेयर्स-११ का लागि ब्याटिङ्गमा सौरभ खनालले सर्वाधिक ४२ रन बनाएका थिए । त्यसैगरी खडक बहादुर बोहरा १९, हरिशंक साह १८, बिपिन रावल ६, सन्दिप रिजाल ३७ र सन्दिप लामिछाने १३ रन बनाएर आउट भएका थिए भने कृष्ण कार्की, नारायण जोशी र सिद्धान्त लोहनीले भने कुनै रन बनाउन सकेनन् ।
त्रिभुवन आर्मी क्लबका लागि बलिङ्गमा साहब आलमले घातक बलिङ्ग गर्दै १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी जितेन्द्र मुखियाले ३, सोमपाल कामीले १, विक्रम सोबले १ र कुशल मल्ले १ विकेट हात पारेका थिए ।
त्रिभुवन आर्मी क्लबलाई जितको लागि ५० ओभरमा १५६ रन बनाउन पर्ने छ ।