-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

कारबाहीमा परी पाँच आतङ्ककारीको मृत्यु



२४ फागुन, इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिम जिल्ला मुस्तुङमा सोमबार बिहान प्रहरीले गरेको एक कारबाहीमा परी कम्तीमा पाँच आतङ्ककारी मारिएका छन् । आतङ्ककारीविरुद्ध कारबाही गर्ने प्रहरी विभाग सीटीडीले यो कारबाही जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

सीटीडीका प्रहरी जवानले आतङ्ककारी लुकेर बसेका ठाउँलाई घेरा हाली र आतंककारीहरूलाई आत्मसमर्पण गर्नको लागि आग्रह गरेको जनाइएको छ । तर आतङ्ककारीको समूहतर्फबाट गोलीबारी शुरु भएपछि प्रहरीको जवाफी कारबाहीको क्रममा कम्तीमा पाँच आतङ्ककारीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रहरी कारबाहीको क्रममा मारिएका ती आतङककारीहरुले बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा आक्रमण गर्ने योजना गरिरहेका प्रहरीले खुलाशा गरेको छ । आतङ्ककारीको तर्फबाट भारी मात्रामा विस्फोटक पदार्थ , स्वचालित हतियार, रिमोट कन्ट्रोलहरु बरामद भएको प्रहरी स्रोतले जानकारी दिएका छन् ।
सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं