Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

महिनावारीको सयममा के कारण अत्याधिक दुख्छ पेट ? यस्तो छ कारण



काठमाडौं । प्रजनन् उमेरका धेरैजसो महिलाले महिलानावारी हुदाँ असाध्यै पेट दुखेको महशुस गर्ने गर्छन् । सामान्यतय महिनावारी १३/१४ वर्षमा हरेक महिलामा सुरु हुन्छ ।

१३/१४ बर्ष पुगेका किशोरीमा ग्लान्ड उत्पन्न हुन्छ । जुन ओभरीले ग्रहण गर्छ । यस्तो ग्लान्डलाई कन्जुम गरेपछि पाठेघरले इस्ट्रोजेन हर्मोन उत्पादन गर्छ । त्यसपछि प्रोजेस्टेरोन हर्मोनले काम गर्न थाल्छ । अनि डिम्ब निस्कने काम हुन्छ । डिम्ब निस्कने क्रममा पाठेघरभित्र इन्डोमेट्रियम हुन्छ । जहाँबाट रजश्वला हुन्छ ।

इन्डोमेट्रियमले इस्ट्रोजेन हर्मोन बढाउने काम गर्छ । जव डिम्ब निस्कन्छ अनि प्रोजेस्टोरेनले काम गर्छ । महिला गर्भवति भएमा रक्तश्राव हुँदैन । तर, गर्भवति नभएमा पेट दुख्ने काम गर्छ ।

बढी पीडा किन हुन्छ ?

मासिक श्रावको समयमा कसै कसैलाई अलि कम दुख्छ भने कसैलाई अत्याधिक । यस्तो हुनुमा महिलामा भएको पाठेघरको आकारमा पनि निर्भर गर्छ ।

पाठेघरभित्र जुन रजश्वला हुने ग्रन्थी हुन्छ, त्यहाँ भन्दा भित्र पनि अर्को भाग मायोमेट्रियम हुन्छ । यो इन्डोमेट्रियमको भित्री भागमा भएको ग्रन्थी हो ।

यसले पनि महिनावारीमा भुमिका खेलिरहेको हुन्छ । महिनावारीको समयमा मायोमेट्रियमबाट पनि रक्तश्राव हुन्छ । तर, यहाँबाट बगेको रगत बाहिर निस्कदैन । त्यो रगत पाठेघरमै जमेर बस्छ । जसको कारण अत्याधिक पीडा हुने गर्छ । यहाँबाट जति बढी रगत बग्यो त्यति धेरै पीडा हुने गर्छ ।

के गर्ने ?

अति नै पीडा हुन्छ भने त्यसको लागि चिकित्सकसँगै जाँच गर्न जरुरी हुन्छ । यसलाई सामान्य प्रक्रियाको रुपमा लिएर हेलचेक्र्याई गर्नु हुँदैन ।

दुखाई ठिकठिकै भएमा त्यति चिन्ता लिनु पर्दैन । सामान्य औषधीको प्रयोगबाट ठिक हुन्छ । तर, कतिपय मानिस यसकै कारण वेहोस हुने, स्कुल र कलेज जानै बन्द गर्ने गर्छन् । यस्तो समस्या भएमा डाक्टरसँग सम्पर्क गरेर उपचारमा गर्न जरुरी हुन्छ ।

यस्तो दुखाईमा अन्य शारीरिक समस्याले पनि भूमिका खेलिरहेको हुन्छ । खासगरि पाठेघरको संक्रमण, मानसिक अवस्था लगायतका कारण पनि महिनावारीको समयमा अलि बढी पेट दुख्ने गर्छ । त्यसैले उचित कारण थाहा पाउनका लागि सम्बन्धित चिकित्सकसँगै परामर्श गर्न जरुरी हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफु र नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा