back

कपडाको पालमुनि रुकमैनको कष्टपूर्ण जीवन

वि.सं.२०७३ माघ १६ आइतवार

660 

shares
GLOBAL IME AD
NTC AD

१६ माघ,लहान । “न त घरमा एक गाँस अन्न छ, न त लगाउने लुगा नै, कसरी दिन काट्नु ? साह्रै चिन्तामा डुबेकी छु,” यसरी आखाँबाट आँसु झार्दै शम्भुनाथ नगरपालिका–३ नरही टोल बस्ने रुकमैन रामले भनिरहँदा सप्तरी क्षेत्र नम्बर ५ का सांसद तेजुलाल चौधरी एकछिन स्तब्ध बने ।

आगलागीपछि घरबारविहीन बनेकी रुकमैनलाई गाउँमै भेट्न पुग्नुभएका सांसद चौधरी रुकमैनको पीडादायी अवस्था र कपडाको छाप्रोमा बसेको देखेर स्तब्ध मात्र भएन, उनको आँखासमेत रसाए । सांसदलाई आफ्नै खरानी भएको घरअगाडि पाएपछि भक्कानिएकी रुकमैनको आगलागीका कारण खाने, लगाउने, बस्ने सबै चिज खरानी भएपछि आफ्नो संसार उजाडिए झैँ लाग्न थालेको वेदनापूर्ण अवस्था सुनेपछि सांसद चौधरीले तत्काल राहतस्वरुप आफूसँग भएको नगद रु तीन हजार दिँदै थप सहयोगको आश्वासनसमेत दिए ।

सदरमुकाम राजविराजबाट करिब २५ किलोमिटर पश्चिम दक्षिणमा पर्ने शम्भुनाथ नगरपालिका–३ नरहीमा गत माघ १ गते राति भएको आगलागीमा परी रुकमैनको एक मात्र घर (झुप्रो)सहित लत्ताकपडा, भाँडावर्तन सबै जलेर खरानी भएको थियो ।

मध्यरातमा भएको आगलागीबाट घरमा भएको सबै सामान जलेर नष्ट भएको सुनाउँदै रुकमैनले भन्छिन् –“उमेर पुगेकी छोरीको बिहेका लागि दुःखका साथ आर्जेको अन्नपात र लुगासमेत एकैछिनको आगलागीमा खरानी भएपछि मेरो सपना सबै चकनाचुर भएको छ ।”

अर्की श्रीमतीसँगै श्रीमान् सत्यनारायण राम राजधानी काठमाडाँैमा बस्न थालेपछि दुई छोराछोरीसँगै गाउँमा बस्दै आएकी रुकमैन छोराछोरी पाल्न दिनरात मजदुरी गर्ने, जङ्गलबाट दाउरा ल्याउने र बजारमा लगेर बिक्री गर्ने काम गर्दै आएकी छिन् । “आफनो र सन्तानको पेट भर्न दाउराको व्यापार गर्छु, जुन दिन दाउरा बिक्री हुँदैन त्यो दिन दुई सन्तान पनि भोकै पर्छन्,” रुकमैन भन्छिन्–“तर यतिबेला भने सम्पत्ति नभएर भन्दा पनि आफ्ना श्रीमान् र आगलागीले दिएको पीडा आफ्ना लागि पहाड भएको छ ।”

विवाह भएको ६ वर्ष नपुग्दै श्रीमान्ले घर छोडेर हिँडेपछि अहिलेसम्म खोजखबर गरेका छैनन्,” रुकमैनले भनिन् –“खै छिमेकीले काठमाडौँतिरै विवाह गरेर बसेका छन् भन्छन् । आफूहरुलाई न त भेट्न आउँछ, न त कुनै सोधखोज नै गर्छ ।”

छोरो जिवानन्द जन्मेको सात दिनपछि छोडेर हिँडेका श्रीमान् १३ वर्ष पुगिसक्दा पनि फर्केर आएका छैनन् । पतिले साथ नदिए पनि जेनतेन छोराछोरी हुर्काएकी रुकमैनलाई यतिबेला भने थप सङ्कट पर्न थालेको छ । अब कक्षा ८ मा पढ्दै गरेका छोरा जिवानन्दलाई कसरी पढाउने र छोरी जिबछीको विवाह कसरी गर्ने भन्ने चिन्ताले आफूलाई भोक न तिर्खा बनाएको बताउँदै रुकमैन भन्छिन् – “न जग्गा छ न त घर नै । के गरेर छोरालाई पढाउने ? अनि कसरी छोरीको बिहे गर्ने ?”

“करिब १९ वर्ष नाघिसकेकी छोरी जिबछीलाई विवाहका लागि प्रस्ताव आउन थालेपछि उनको विवाहको चिन्ता थपिएको छ,” रुकमैन अगाडि भन्छिन् – “छाक टार्न धौ–धौ छ । त्यसमाथि छोरीको विवाहको चिन्ता पनि थपिएको छ ।”

घरमा आगलागी भएपछि रुकमैनको परिवारलाई पुनर्बासका लागि कतैबाट सहयोग नभएको बताउँदै स्थानीयवासी रामपुकार राम भन्छन् – “आगलागी भएकै भोलिपल्ट रेडक्रसले केही राहत दियो । त्यसयता कसैले कुनै सहयोग गरेको छैन ।” विपद्मा परेकी रुकमैनको परिवारलाई सहयोगका लागि सहयोगी हात अघि बढ्नुपर्ने रामको भनाइ छ ।

वि.सं.२०७३ माघ १६ आइतवार ०९:३३ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...