-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

भीम रावललाई प्रधानमन्त्रीको जवाफ : कुन पार्टीको प्रधानमन्त्री, सर्वोच्चमा सोध्न जाऊ



फागुन २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साधारण सदस्य पनि नरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने उनले आफ्नो कुन पार्टी हो भन्ने कुरा सर्वोच्च अदालते टुंगो लगाईसकेको बताए ।

आइतबारको प्रतिनिधि सभा बैठकमा प्रचण्ड–माधव पक्षका सांसद भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो भनेर सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । उनले भनेका छन्, ‘हुँदा–हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाऊँ ! सर्वोच्च अदालतमा सोध्न जाऊ, कुन पार्टीको हो ।’

प्रधानमन्त्रीले रावललाई अदालतले भनेको कुरा ध्यानपूर्वक सुन्न आग्रह गरे । ‘अदालतले भन्यो – म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो, अदालतले भनेको पनि नसुन्ने, देख्दै नसक्ने, देख्नै नखोज्ने आँखा भएर के गर्ने ? कान भएर के गर्ने, सुन्नै नसक्नेरु त्यो जन्मदैको दोष पनि होइन’, उनले भनेका छन् ।

संसद पुनस्र्थापनापछि बसेको बैठकमा प्रचण्ड–नेपाल पक्षले गरेको बहिस्कार र कांग्रेसको गरेको विरोधलाई उनले आलोचना गरेका छन् । उनले संसद खुलाउन माग गर्नेले चल्न दिनुपर्ने पनि बताए ।

‘मुद्दा मामिला गरेर संसद पुनर्स्थापना किन गर्‍या रैछ त भन्दा उफ्रिन नाराबाजी गर्ने रैछ,’ ओलीले भने,‘कम्तिमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपर्छ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा