
२४ फागुन, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ ।
कम्पनीले शेयरधनीलाई २७.७७ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् ।
साथै सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यो प्रस्ताव गर्नका लागि कम्पनीले चैत ९ गते साधारण सभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे हुने छ ।