
२४ फागुन, काठमाडौँ । वेस्टइंडिज विरुद्धको टेस्ट श्रृखलाका लागि श्रीलंका क्रिकेट र्बोडले आफ्ना खेलाडीहरुको चयन गरेको छ । श्रीलंका क्रिकेट र्बोडले दिमुथ करुणारत्नेको कप्तानीमा १७ खेलाडीहरुको नाम सार्वजिनक गरेको हो ।
वेस्टइंडिज विरुद्धको टि-२० श्रृखलामा टिममा नअटाएका दिमुथ करुणारत्ने, लाहिरू थिरिन्ने, धनंजया डि सिल्भा, रोशन सिल्वा, विश्व फर्नांडो र लसिथ एम्बुल्डेनियाले टेस्ट टिममा भने मौका पाएका छन ।
श्रीलंका र वेस्टइंडिज बिच २ खेलको टेस्ट श्रृखला मार्च २१ बाट सुरु हुनेछ ।
वेस्टइंडिज विरुद्धको टेस्ट श्रृखलाका लागि श्रीलंकाको टिम :
दिमुथ करुणरत्ने, दासुन शनाका, पथम निसान्का, ओशदा फर्नांडो, लाहिरू थिरिम्ने, दिनेश चान्दीमल, एंजेलो मैथ्यूज, निरोशन डिकवेला, रोशन सिल्वा, धनंजया डि सिल्वा, वनिन्दु हसरंगा, रमेश मेंदिस, विश्व फर्नांडो, सुरंगा लकमल, असिता फर्नांडो, दुश्मन्था चमिरा, लसिथ एम्बुल्डेनिया।