-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

सुदरपश्चिममा एम्बुलेन्स खरिदका लागि अफ्रिकाका धनाढ्य सुधिर रुपालियाद्धारा आर्थिक सहयोग



लेगोस, नाइजेरिया । अफ्रिकाका प्रख्यात उधोगपती डा .सुधीर रुपारेलियाले नेपालमा मोबाइल ब्लड बैंक खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।

गैरआवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन ।

एनआरएनएले सम्पूर्ण आधुनिक सुबिधा सहितको घुम्ती ब्लड बैंक बस रक्त संकलनमा सहयोग पुर्याउने लक्ष्यसाथ यसअघि चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने अबको दोश्रो बस सुदुरपश्चिम प्रदेशका लागि कैलाली रेडक्रस, धनगढीलाइ हस्तान्तरण गर्ने योजना बनाएको छ ।

युगान्डाका उधोगपती डाक्टर रुपारेलिया पुर्वी अफ्रिकाकै सबै भन्दा धनी ब्यक्ति हुन् भने नेपालका तर्फबाट युगान्डाका लागि मानार्थ बाणिज्य दूत पनि हुन् । नेपाल र नेपालीलाई असाध्यै माया गर्ने रुपारेलिया अफ्रिकाका नेपालीलाई अप्ठ्यारो पर्दा सधै सहयोग र संरक्षण गरि रहेका हुन्छन् ।

करिब ६१ लाख कर छुट सहित खरिद मुल्य पर्ने उक्त दोश्रो बसको लागि हाल एनआरएनएले संसार भरबाट सहयोग संकलन जुटाइ रहेको छ । एनआरएनहरु, सहयोगी दाताहरु विशेषत डायस्पोरामा रहेका सुदूरपश्चिम समाजहरु यस अभियानमा क्रियाशिल छन ।

हालसम्म बीस लाख भन्दा बढीको सहयोग प्रतिबद्धता जुटीसकेको छ र सहयोग संकलन अभियान तिब्र रुपमा संचालन भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको