Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

शासकको जवाफदेहिता विषयक बहस कार्यक्रम



१६ माघ,पोखरा। ‘बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स ’सोसाइटीको पहलमा पोखराको फेवाताल किनारास्थित नेपाल पर्यटन बोर्ड परिसरमा जारी छौटौंँ संस्करणको लिटरेचर फेस्टिवलमा आज शासकको जवाफदेहिता विषयमा बहस गरिएको छ ।

बहस कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले राज्यले शासन गर्न भन्दा पनि उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सञ्चारमाध्यमले समाजका घटना परिघटनालाई कुनै पनि आग्रह पूर्वाग्रहमा नराखी वस्तुनिष्ठ ढङ्गले चित्रण गर्न सक्नुपर्ने बताउनुभयो ।

पहिलो शासक स्वयम् हामी नै भएको उल्लेख गर्दै उहाँले जवाफदेहिताको सुरुवात आफैबाट बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

पत्रकार हरिबहादुर थापाले समाजमा सबै भ्रष्ट हुन नसक्ने बताउँदै सबैलाई एउटै रुपमा नहेरी उचित मूल्याङ्कन गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पछिल्ला समयमा सोसियल मिडियाको विस्तार हुँदै गएको बताउँदै उहाँले विश्वसनियता अभिवृद्धि गर्दै जान सकेमा यसले समाजमा महत्वपूर्ण भूमिका स्थापित गर्नसक्ने उल्लेख गर्नुभयो ।
पत्रकार शिव गाउँलेले सञ्चार माध्यममार्फत शासकलाई जवाफदेही बनाउन महत्वपूर्ण सहयोग पुगेको बताउँदै शासक जनतासँग जवाफदेवी बन्नु आवश्यक भएको बताउनुभयो ।

उहाँले पछिल्ला समयमा शासकबीचको सहमतिका नाममा संविधान, विधि र कानुन प्रभावित बन्नु गम्भीर भएको उल्लेख गर्नुभयो ।

गत शुक्रबार सुरु भई भोलिसम्म चल्ने महोत्सवमा विभिन्न सत्रमा साहित्यकार, लेखक, राजनीतिज्ञ, समाजशास्त्री, कलाकर्मी र विचारकले विभिन्न विषयमा छलफल गर्दै आउनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम