back

कुवेतबाट घर फर्किने तयारीमा रहेकी लिम्बुको मृत्यु

वि.सं.२०७७ फागुन २५ मंगलवार

129 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

२५ फागुन, काठमाडौं । कुवेतमा एक नेपाली महिलाको मृत्यु भएको छ । डिर्पोटेशनका माध्यमबाट घर फर्कनका लागि तयार भएकी ताप्लेजुङकी देवी माया लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ ।

ताप्लेजुङको साँघु गाउँपालिका १ घर भइ धरानमा बसोबास गर्दै आएकी ४४ वर्षीया लिम्बु साढे २ वर्षदेखि कुवेतमा कामगर्दै आएकी थिइन् । उनकोे उपचारका क्रममा कुवेतस्थित फरवानिया अस्पतालमा आइतबार (मार्च ७) का दिन मृत्यु भएको उनका भाइ देव लिम्बुले संचारमाध्यमलाई जानकारी दिएका छन् ।

भारतको बाटो हुँदै कुवेत पुगेकी लिम्बु घरेलु कामदारका रुपमा कार्यरत रहेकी थिइन् । तर उनी बिचमा मालिकको घरबाट निस्किएर अवैधानिकरुपमा बाहिर बस्दै आएपछि दूताासबाट आवस्यक डकुमेन्ट बनाएर डिर्पोटेशन प्रक्रियाबाट घर फर्किन लागेकी थिइन् ।
उनको मृत्यु भएको सम्बन्धमा दूतावासमा प्रारम्भिक जानकारी आएपनि अन्य विवरण प्राप्त नभएको बताउँदै मृतकका परिवारसँग समन्वय गरेर शब स्वदेश पठाइने नेपाली दूतावास कुवेतका द्धितीय सचिव श्रीकृष्ण सिलवालले बताएका छन् ।

लिम्बु कुवेत पुगेको केही समयपछि उनका श्रीमानको पनि मृत्यु भएको छ भने लिम्बुका दुई छोरा र एक छोरी रहेको पनि भाइले जानकारी दिएका छन् ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १२:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...