
फागुन २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधवकुमार नेपाल पक्षलाई अपराधीहरु भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले नेकपा एमालेलाई ब्यूँताएपछि एमाले तिरै फर्किएका माधव पक्षलाई उनले यस्तो टिप्पणी गरेका हुन् ।
माधव पक्षले ओलीलाई चार पटकसम्म पार्टी सदस्यबाट निस्कासित गरेको भन्दै उनले थापाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ढलाउन माधव पक्षले गरेको बललाई बिर्सन नमिल्ने बताए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्ने अपराधीहरूकाे मुहार झलझली सम्झना भइरहेकाे छ।
दुई तिहाइकाे जनादेश पाएकाेमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिकाे बल लगाउने यिनकाे अनैतिक हर्कत बिर्सन मिल्दैन ।— Surya Thapa (@ThapajiSurya) March 9, 2021
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ। दुई तिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।’