
२५ फागुन, काठमाडौं । आज मंगलबार सुनको मूल्य ६०० रुपैँयाले ओरालो लागेको छ ।
आजको बजारमा छापावाला सुन तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । सोमबार छापावाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आज तोलामा ८५ हजार १५० रुपैँयामा कायम भएको छ । आजको बजारमा चाँदीको मूलय पनि १० रुपैँयाले घटेको छ ।
आइतबार रु १ हजार २६५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार २५५ रुपैँयामा कारोवार भइरहेको छ ।