
२५ माघ, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा रहेर विभिन्न संघसंस्था मार्फत् नेपाली समाजमा विशेष योगदान पुर्याउँदै आएका इन्द्र बहादुर थापाले एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएका छन् ।
थापाले एनआरएनए अमेरिकाको २०२१–२०२३ कार्यकालका लागि हुने निर्वाचनमा बोर्ड अर्फ डाइरेक्टरमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनए अमेरिकाको आजीवन सदस्य, म्याग्दी समाज अमेरिकाको अध्यक्ष समेत रहेर सामाजिक काममा अगाडि बढिरहेका थापा यसअघि एनआरएनए मेरिल्याण्ड च्याप्टरको बोर्ड अफ डाइरेक्टर÷हेल्प डेस्क संयोजकमा रहेर आफ्नो भूमिका पूरा गरिसकेका छन् । साथै नेपाली हिन्दु बुद्ध मन्दिरको बोर्ड अफ ट्रस्टि र बाना सामुदायिक भवनको बोर्ड अफ ट्रस्टिको भूमिकामा समेत रहेका छन् ।
सामाजिक सेवामा असल नियतका साथ लागेको बताउँदै थापाले भनेका छन् ‘जात जाति, भाषा भाषी तथा विभिन्न राजनैतिक बिचार भएका व्यक्ति तथा समूहलाइ असल नियतले समाज सेवाको खातिर एक ठाउमा मिलाउन सक्नु पर्छ वा त्यस्तो प्रयास गर्नुपर्छ भन्ने कुरामा म विश्वास गर्दछु ।’
खुल्ला समाजमा व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्तिको उच्चतम कदर हुनुपर्छ र यसप्रकारको स्वतन्त्रता र अभिव्यक्तिको कदर समावेशी प्रजातन्त्रमा मात्र हुन सक्छ भन्ने कुरामा अडिग रहेको बताउने थापाले आफूलाई बोर्ड अफ डाइरेक्टर पदमा मत दिएर विजयी बनाउन समेत सबैलाई अनुरोध गरेका छन् ।
‘मलाइ यहाँहरुको अमूल्य मत दिएर एनआरएनए अमेरिकाको बोर्डअफ डाइरेक्टर पदमा बिजयी गराउनु हुन बिनम्र अनुरोध गर्दछु ।’ थापाले उम्मेदवारी घोषणा गर्दै भनेका छन् ।
समाज सेवामा संलग्न संघ÷सस्थाहरुमा यसप्रकारका व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्तिको उच्चकदर तथा सम्मान हुनुपर्ने बताउँदै त्यसबाटनै सामाजिक संघ सस्थाहरुलाई फराकिलो र लचिलो बनाउन सकिन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको थापा बताउँछन् ।