back

प्रचण्डले बोलाएको बैठकमा गएन बादल समूह

वि.सं.२०७७ फागुन २५ मंगलवार

225 

shares
NTC AD
Global IME AD

फागुन २५, काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै ब्यूँतिएको नेकपा (माओवादी केन्द्र)को बैठक पेरिसडाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सहयोगी सुर्य सापकोटा जुगलका अनुसार बैठक केहि बेर अघिदेखि सुरु भएको हो ।

आइतबार सर्वोच्चको फैसलाले नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई ब्यूँताईदिएको थियो । माओवादी केन्द्र ब्यूँतिइएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक बैठक बोलाएका हुन् ।

आजको बैठकमा सर्वोच्चको फैसला र त्यससँगै सिर्जना भएको परिस्थितिबारे छलफल गर्ने कार्यसूची बनेको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए । उनका अनुसार बैठकमा सरकार समिकरणबारे पनि छलफल हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा गएका स्थायी समिति सदस्यहरुलाई बोलाए पनि सहभागी भएनन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टी एकतापूर्व माओवादी केन्द्रका स्थायी समिति सदस्य थिए । सरकारमा माओवादी केन्द्रको तर्फबाट सहभागी भएका उनीहरु विभाजनसँगै ओली पक्षमा देखिएका थिए ।

तर सर्वोच्चको फैसलासँगै साबिककै पार्टी ब्यूँतिए पछि पनि उनीहरु सहभागी नभएका हुन् ।

सम्बन्धित समाचार

सरकारबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्दै

वि.सं.२०७७ फागुन २५ मंगलवार १४:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...