
२५ फागुन, काठमाडौँ । मंगलबार सेयर बजार (नेप्से) २३ दशमलब २२ अकंल घटेर २४६१ दशमलब ८८ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ४ दशमलब ४७ अकंले घटेर ४४५ दशमलब २१ अकंमा पुगेको छ ।
सेयर बजारमा गिरावट आएसँगै होटल्स/पयर्टन, जलविद्यृत र म्यूचल फण्ड बाहेक सबै कम्पनीको सूचक राताम्मे देखिएकाे छ ।
आज कुल सूचिकृत मध्ये २१० कम्पनीको ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैंया बराबरको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५२ हजार ५ सय ९१ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स, अपर तामाकोशी, अरुण भ्याली हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा ग्लोबल आईएमई समुन्नत योजना १, अरुण भ्याली हाइड्रोपावर, अपर तामाकोशी,नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सेयर बजारमा दोहोरो अकंले गिरावट आउदाँ पनि हिमालयन उर्चा विकास कम्पनीका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले ९.९७ प्रतिशतले कमाएका छन । त्यस्तै चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९.९२ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरका लगानीकर्ताले ९.८८ प्रतिशत, रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.७८ प्रतिशतले कमाउदाँ, सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ५.१८ प्रतिशत, मिथिला लघुवित्तका लगानीकर्ताले ४.६२ प्रतिशत, पोखरा फाइनान्सका लगानीकर्ताले ३.५३ प्रतिशत, नारायणी डेभल्पमेन्ट बैंकका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाएका छन ।
आज भएको कारोबारमा ४० कम्पनी लागनीकर्ताले कमाउदाँ १२४ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ११ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन