back

प्रदेश १ मा माओवादी केन्द्रलाई ठूलो झड्का, उपनेतासहित केहि सांसद एमाले तिर

वि.सं.२०७७ फागुन २६ बुधवार

150 

shares
NTC AD
Global IME AD

फागुन २६, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रदेश १ का संसदीय दलका उपनेता टंक आङओबाहाङसहित केहि सांसद नेकपा एमालेमा प्रवेशको तयारी गरेका छन् । सर्वोच्चको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत अवस्थामा फर्किएसँगै आङओबाहाङसहित केहि सांसद एमालेमा प्रवेशको तयारी गरेका हुन् ।

उनीहरुले एमालेको संघीय संसदका उपनेता सुवासचन्द्र नेम्वाङसँग पार्टी प्रवेशबारे अन्तिम छलफल पनि गरेका छन् । आङओबाहाङले संसार न्यूजलाई बताएअनुसार केहि दिनभित्रै पार्टी प्रवेश गर्ने गरि छलफल भएको छ । उनका अनुसार उनीसहित केही सांसद सामूहिक रुपमै एमालेमा प्रवेश गर्न लागेका छन् ।

माओवादी केन्द्रको नेतृत्वले एक पछि अर्को धोकाधडिपूर्णं गतिविधि गर्न थालेको भन्दै आफुँहरु एमालेमा प्रवेश गर्न लागेको उनले बताए । नेम्वाङसँग मंगलबार भएको छलफलमा उपनेता आङओबाहाङ र पूर्वसांसद पासाङ शेर्पा सहभागी थिए ।

नेता आङओबाहाङ जनयुद्धकालिन माओवादीका नेता हुन् । प्रचण्ड निकट मानिने आङओबाहाङको एमाले प्रवेशसँगै प्रदेश १ मा माओवादी केन्द्र थप कमजोर हुने सम्भावना छ ।

ओली पक्षमा गएका पूर्वमाओवादी नेता फर्किएका छैनन्

सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत अवस्थामा फर्किँदा एमाले पक्षका सबै नेता पूर्ववत पार्टीमै फर्किए । तर, सामान्य अड्कल गरिएभन्दा भिन्न रुपमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा गएका माओवादी नेताहरु भने पूर्ववत पार्टीमा फर्किएनन् । बरु विधिवत विभाजनसँगै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नेको लहर चल्न थालेको छ ।

आफ्नो पक्षमा आउनेलाई सम्मानजनक स्थान दिने तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेसँगै माओवादी केन्द्रमा भएकाहरु एमाले प्रवेश गर्न थालेका हुन् ।

हाल गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरीलगायतका नेता माओवादी केन्द्र छाड्दै एमालेमै समाहित हुने निर्णयमा पुगेका छन् ।

वि.सं.२०७७ फागुन २६ बुधवार १३:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

कोशी प्रदेश : सङ्कल्प प्रस्ताव बहुमतले पारित

कोशी प्रदेश : सङ्कल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित...

मन्त्री भण्डारी भन्छन् – बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ

मन्त्री भण्डारी भन्छन् – बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न...