back

धान खरीद कार्य बन्द

वि.सं.२०७७ फागुन २६ बुधवार

168 

shares
NTC AD
Global IME AD

२६ फागुन, वीरगञ्ज । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरीद गर्ने कार्य बन्द गरेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गरी सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति भएकोले फागुन २० गते दिउँसो १ बजेबाट धान खरीद गर्न बन्द गरिएको जानकारी गराएको सो कार्यालयका शाखा प्रमुख विकाश कटुवालले बताए ।

सङ्घीय सरकारले चालू आर्थिक वर्षमा ३५ हजार क्वीन्टल सोना मन्सुली धान खरीद गर्ने लक्ष्य दिएकामा कार्यालयले तोकिएको अवधिभित्र रु १० करोड ९ लाख ७५ हजार मूल्य बराबरको ३५ हजार क्वीन्टल सोना मन्सुली धान खरीद गरी लक्ष्य भेट्टाएको छ ।

पाँच हजार क्वीन्टल जिरामसिनो धान खरीद गर्ने लक्ष्य पाएकोमा रु तीन लाख ४१ हजार मूल्य बराबरको ११८ क्वीन्टल मात्र जिरामसिनो धान खरीद गर्न सकेको छ ।

यस क्षेत्रमा जिरामसिनो धानको खेती कम मात्रामा हुने गरेको तथा निजी जिल्ला व्यापारीभन्दा कम दररेटमा जिरामसिनो धान खरीद गर्ने भएकाले लक्ष्य प्राप्ति हुन नसकेको सो कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए ।

कार्यालयले चालू आर्थिक वर्षमा सोना मन्सुली धान प्रति क्वीन्टल रु दुई हजार ८८५ र जिरा मसिनो धान प्रतिक्वीन्टल दुई हजार ९०० मा खरीद गरेको हो । अघिल्लो वर्षभन्दा यस वर्ष सोना मन्सुली धान खरीदको मूल्य आठ प्रतिशतले बढी भएको तर जिरामसिनो धान पाँच प्रतिशतले कम मूल्य निर्धारण गरिएको थियो ।

मङ्सिर ११ गतेबाट संस्थानले किसानबाट धान खरीद शुरु गरेपछि तीन महिना १० दिनभित्रै लक्ष्य प्राप्ति गरेको थियो । यसपालि करीब ८०७ जना किसानले संस्थानलाई धान बेचेर आर्थिक लाभ लिन सफल भएको कार्यालयले जनाएको छ ।

एउटा किसानले औसत ४४ क्वीन्टलसम्म धान बेचेका थिए । अघिल्लो आवमा संस्थानले सोना मन्सुली धान रु २५ हजार क्वीन्टल र जिरामसिनो धान ३२ क्वीन्टल खरीद गरेको थियो । रासस

वि.सं.२०७७ फागुन २६ बुधवार १२:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...