Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

हत्या गरी फरार रहेका बाराका शर्मा पक्राउ



२६ फागुन, बारा । निजगढ नगरपालिका–९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिका–४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रोहितको घाटीमा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा शव ओछ्यानमै रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न अरुणलाई चन्द्रनिगाहपुरस्थित किराना पसलबाट फेला पारी पक्राउ गरेको हो ।

पूर्व रिसइवि र विवादको कारण मार्ने मनसाय अनुसार अरुण नै चक्कु सहित सोमबार रातिदेखि रोहितको घरमा बसेर मंगलबार बिहान चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा