
२६ फागुन, काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।
बैंकको माघ १५ गते, सम्पन्न भएको १४औँ वार्षिक साधारण सभाले पारित गरेको ६ प्रतिशत बोनश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् मंसिर २२ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।
त्यसैगरी, मंसिर २२ गतेपछि कायम भएका शेयधनीहरूले भने बोनस सेयर पाउनका लागि सर्वप्रथम कर तिर्नुपर्नेछ । कर तिर्नका लागि शेयधनीहरूले सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ००११७२३६७५३ मा रकम जम्मा गर्नुपर्नेछ । कर तिरेपश्चात् मात्र शेयरधनीहरूले बोनस प्राप्त गर्न सक्नेछन् ।
बैंकको बोनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भइसकेको छ । बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :