
२६ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलेनै अझै दुईवर्ष काम गर्नुपर्ने बताएका छन् ।
संसद भवन बाहिर बुधबार पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष खनालले ओली नेतृत्वको सरकारले नै पूरा कार्यकाल काम गर्नुपर्ने बताउँदै भने, ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुइवर्ष जानुपर्छ भन्ने म चाहान्छु ।’
उनले नेकपा एमालेले जोगाउन आफुहरुले कुनै कसुर बाँकी नराख्ने बताउँदै कुनै एउटा व्यक्तिले पार्टी जोगाउँछु भनेर नहुने भन्दै सबै मिलेर पार्टी जोगाउन लाग्ने समेत बताए ।
एकिकृतपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सर्वोच्चले विघटन गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि पुनः एमालेमै रहेर संघर्ष गर्ने बताउँदै बरिष्ठ नेता खनाल र माधव कुमार नेपाल लगायतको टिम एमालेमै फर्किएको थियो ।