
२६ फागुन, काठमाडौँ । काठमाडौँमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सन्दिप लामिछानेको कप्तानीमा रहेको मेयर्स-११ को टिमले लगातार दोस्रो हार व्याहोरेको छ । मेयर्स-११ को टिम नेपाल पुलिस क्लबसँग १०३ रनले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपाल पुलिस क्लब ४७.४ ओभरमा १९७ रन बनाएर आलआउट हुन पुगेको थियो । पुलिस क्लबका लागि योगेन्द्रसिंह कार्कीले ४०, कुशल भुर्तेलले ३४, पवन सराफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ र दिलिप नाथले १२ रन बनाएका थिए । ती बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । मेयर्स-११ का लागि बलिङ्गमा सन्दिप लामिछाने, बिपिन खत्री र हरिशंकर साहले सर्वाधिक ३/३ विकेट लिएका थिए ।
१९८ रनको लक्ष्य पछाएको मेयर्स ११ को टिम ३१.२ ओभरमा १०३ रन बनाएर अलआउट हुन पुग्यो । मेयर्स-११ का लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक २६ रन बनाएका थिए भने पुलिसका लागि बलिङ्गमा पवन सराफले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट लिएका थिए । आजको जित निकालेसँगै पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने मेयर्स ११ प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।