
२७ फागुन, काठमाडौँ । बंग्लादेश विरुद्धको एकदिवसीय श्रृखलाको लागि न्यूजिल्याण्ड क्रिकेट र्बोडले आफ्ना खेलाडीहरुको चयन गरेको छ । टिम कप्तान केन विलियमसन चोटको कारणले गर्दा श्रृखलाबाट बाहिरिए पछि न्यूजिल्याण्ड क्रिकेट र्बोडले टम लेथनको कप्तानीमा १३ खेलाडीहरुको नाम सर्वाजनिक गरेको छ ।
डेभन कोन्वे, विल योङ्ग र ड्यारेल मिशेलले पहिलो पटक न्यूजिल्याण्डको एकदिवसीय टिममा पर्न सफल भएका छन । त्यसैगरी ओपनर मार्टिन गप्टिल पनि एकदिवसीय टिममा फर्केका छन । न्यूजिल्याण्ड क्रिकेट टिमका अलराउण्डर कोलिन डि ग्रान्डहोम भने चोटको कारणले गर्दा टिमबाट ६ देखि ८ हप्तासम्मका लागि बाहिर रहने भएका छन ।
न्यूजिल्याण्ड क्रिकेट टिमले मार्च २० देखि बंग्लादेश विरुद्ध ३ खेलको एकदिवसीय श्रृखला खेल्ने छ ।
बंग्लादेश विरुद्धको श्रृखलाका लागि न्यूजिल्याण्डको टिम :
ट्रेन्ट बोल्ट, डेभन कोन्वे, मार्टिन गप्टिल, म्याट हेनरी, काइल जैमीसन, टम लाथम, ड्यारेल मिशेल, जिमी नीशम, हेनरी निकोल, मिशेल सन्तनर, टिम साउथी, रस टेलर, विल योङ्ग ।