-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

विधार्थीलाई बालविवाह बारे सचेतना फैलाउदै सानोभेरी



२७ फागुन, रुकुम । रुकुम पश्चिमका विभिन्न गाउँमा बाल विवाह रोकथाम सम्बन्धि कार्यक्रम विद्यार्थीहरु सँग सुरु गरिएको छ ।स्थानीय निकायको आयोजना र बालअधिकार समितिको संयुक्त पहलमा सानोभेरी गाउँपालिकाले यस्तो कार्यक्रम सुरु गरेको हो ।गाउँपालिकाका प्राय सबै विद्यालयमा किशोर किशोरीलाई बाल अधिकार सम्बन्धि सचेतना फैलाउने उदेश्यले यस्तो कार्यक्रम सुरु गरिएको हो ।

विषेश गरि किशोर किशोरीहरुलाई बाल विवाह गरेमा लाग्ने कानुनी सजाय ,बालबालिकाको हक अधिकार तथा विभिन्न अपराध सम्बन्धि कानुनी प्रावधानहरुको बारेमा समेत जानकारी दिइन्छ ।गाउँ समाजमा हुने बाल अधिकार हननका घटना न्युनिकरण गर्न,बालविवाह रोक्न यस्तो कार्यक्रम विद्यालयमा सुरु गरिएको गाउँ बाल अधिकार अधिकृत मानविर ओलीले बताए ।ओली रुकुम पश्चिमका स्थापित बाल अधिकारकर्मी समेत हुन ।

बुधबार सानीभेरी गाउँपालिकाको स्थानीय बाल अधिकार समिति आयोजनामा बालबिवाह एवम् वाल दुर्ब्यबहार बिरुद्ध सचेतना कार्यक्रम सरस्वती माबि चिन्तुमा सम्पन्न गरिएको छ ।विद्यालयमा कार्यक्रम विस्तार गर्ने क्रममा आज उक्त विद्यालयमा कार्यक्रम गरिएको हो ।उक्त कार्यक्रममा गाउँ बाल अधिकृत मनविर ओली प्रमुख आतिथ्यतामा,विद्यालयका प्रधानाध्यापक यम बहादुर खड्का शिक्षक शिक्षिका लगाएतको सहभागीता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं