Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

नेफ्टा अवार्डका लागि निरुता सिंह र बिपना थापाको पनि सहभागी



काठमाडौं ।आउँदो शनिवार आयोजना हुन लागेको ‘दसौँ नेफ्टा फिल्म अवार्ड’को काम यती बेला तीव्रताका साथ भइरहेको छ ।

प्राविधिक संघको आयोजनामा हुन गइरहेको उक्त अवार्डमा सहभागी हुनका लागि नायिका निरुता सिंह नेपाल आएकी छिन् । चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि यसको प्रचारमा निरुता सहभागी हुन पाएकी थिइनन् । समय छुट्टाएर नेपाल आएकी अभिनेत्री सिंहलाई चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले स्वागत गरेका थिए ।

ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको अवार्डले यसअघिका ४ वटा संस्करण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो । तर कोभिडका कारणले यो वर्ष विदेशमा अवार्ड आयोजना नगरेर नेपालमै आयोजना गर्न लागिएको हो ।

अवार्ड शोमा बिपना थापा देखी नायक राजेश हमालको पनि सहभागिता रहने प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गरेका छन् । अवार्डमा वि।सं २०७५ सालमा रिलिज भएका चलचित्रहरूमध्येबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा