
फागुन २७, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले आफुँहरु कुनै हालतमा नेकपा (माओवादी) केन्द्रमा नर्फकिने बताएका छन् । बिहिबार एमाले काँस्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफुँ पदको निम्ति दौडिने मान्छे नभएको भन्दै सांसद पद गए पनि ओलीको साथ नछोड्ने बताए । ‘हामी पदको लागि दौडिने नेता होईन, सांसद पद गए जाओस, अब केपी ओलीको साथ छोडिन्न’, उनले भने ।
उनले देशको समृद्धिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको एजेण्डा नै सबैभन्दा उपयुक्त भएको बताए । ओलीसँग वैचारिक रुपले प्रभावित भएपछि आफुँहरुले पार्टी परिवर्तन चाहेको उनको भनाई छ ।
फरक प्रसंगमा बोल्दै रायमाझीले वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाललाई एकतालाई मुलमन्त्र बनाएर अगाडि बढ्न आग्रह गरे ।