back

पिकअप दुर्घटना :एकको मृत्यु, पाँच घाइते

वि.सं.२०७७ फागुन २७ बिहीवार

114 

shares
NTC AD
Global IME AD

२७ फागुन, बागलुङ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ज ५७०५ नंको पिकअप जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी वडा नं २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नं १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए। घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ ।

गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ । चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप आज अपराह्न वडा नं १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ ।

ट्र्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस

वि.सं.२०७७ फागुन २७ बिहीवार १६:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ...

गोरखाका यी पाँच पालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिलका लागि गरे यस्तो निणर्य…

गोरखाका यी पाँच पालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिलका लागि गरे यस्तो निणर्य…

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले...

मान्छेसँग बोल्लान् झै लाग्ने खालका ढुङ्गाको आकृतिले पर्यटकलाई तान्दै

मान्छेसँग बोल्लान् झै लाग्ने खालका ढुङ्गाको आकृतिले पर्यटकलाई तान्दै

दमौली (तनहुँ) । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा...

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले...

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

गण्डकी । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन (बागलुङ) । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका...