-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

महाशिवरात्रिको रौनकः गङ्गामा लाखौंले गरे शाही स्नान



२७ फागुन। हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन् ।

यस “शाही स्नान” लाई व्यवस्थित तुल्याउन कडा सुरक्षा व्यवस्था गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । हरिद्वार कुम्भमेला प्रशासनका अधिकारीहरुले यहाँ पाँच हजारभन्दा बढी सुरक्षाकर्मी, सयौं सिसिटिभी र ड्रोनको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

सन् २०२१ को कुम्भ मेलाको यो पहिलो शाही स्नान हो । प्रमुख कार्यक्रमहरुको कार्यसूची अनुसार, यस वर्ष हरिद्वारमा चार पटक “शाही स्नान” र नौ पटक “गङ्गा स्नान” हुनेछ । हरिद्वारको कुम्भमेलाको व्यवस्थापनमा खटिएका प्रहरी महानिरीक्षक सन्जय गुन्ज्यालले दिउँसोसम्ममा २२ लाख श्रद्धालुले स्नान गरिसकेको जानकारी दिएका छन् ।

उत्तराखण्डका नवनियुक्त मुख्यमन्त्री तिरथ सिंह रावतले महाशिवरात्रिमा सहभागी हुने श्रद्धालुको स्वागतका लागि हेलिकप्टरबाट पुष्पवृष्टि गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए।

कोरोनाभाइरस महामारीका कारण हरिद्वारमा यस वर्ष कुम्भमेला आगामी अप्रिल १ देखि अप्रिल ३० सम्म एक महिना गर्नेगरी तय भएको छ । महाशिवरात्रिको स्नानलाई पनि कुम्भमेलाकै एक भागका रुपमा लिइएको छ । महाशिवरात्रिलाई हिन्दुहरुले शिवालयहरुमा पूजापाठ र स्नान गरी निकै महत्वका साथ मनाउने गर्दछन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा