
२७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ४८४ नमुना परीक्षणमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ९७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ७० पुगेको छ ।
त्यसैगरी आज देशैभरी ६६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७५ हजार ७० पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ ।
त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५९ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ९४२ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २२ लाख ७९ हजार २२ वटा नमुना परीक्षण गरिएको छ ।