
२८ फागुन, काठमाडौं । नेपालको लिकर्स प्रालिले नयाँ ब्रान्ड मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा ल्याएको छ । कम्पनीले स्मुदेस्ट नम्बर वन लक्जरी ट्यागसहित यही साताबाट बजारमा उपलब्ध गराइएको जानकारी दिएको हो
कम्पनीका अनुसार ७५०, ३७५, /१८० मिलिलिटरको बोतलमा यो ब्रान्ड बजारमा उपलब्ध छ । यी ब्रान्ड क्रमशः ९२०, ४६० / २३० रुपैयाँमा खरिद गर्न सकिनेछ ।
नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीरसिंह तुलाधारले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले मिस्टर डोवल्स नम्बर वान बजारमा भित्र्याइएको बताए ।
विश्व प्रख्यात ब्रान्डहरुको उत्पादन गदै आएको कम्पनीले हाल एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रिबन्ड जिनलगायतका ब्रान्ड बिक्री गर्दै आएको छ ।