
२८ फागुन, काठमाडौं ।हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणका लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टलाई १ करोड रुपैयाँ प्रदान गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद गौतमले ट्रस्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहितकुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गरका हुन् ।
बैंकले स्थापनाकालदेखि नै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकालाई सहयोग, सांस्कृतिक सम्पदाको संरक्षण÷पुनस्र्थापना वित्तीय साक्षरतालगायत क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।