-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

जसपासँगको छलफल अघि सभापति देउवाले बोलाए पदाधिकारी बैठक



२८ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

जनता समाजवादी पार्टी(जसपा) सँग अनौपचारिक छलफलमा बस्नु अघि सभापति शेरबहादुर देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

दिउँसो ३ बजे निजी निवास बुढानीलकण्ठमा बोलाइएको उक्त बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने र सरकार गठनको प्रक्रियामा कसरी जाने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

कांग्रेसले सरकार गठन प्रक्रियाबारे दिउँसो ४ बजे जसपाका नेताहरूसँग बुढानिलकण्ठमै अनौपचारिक बैठक बस्दै छ । जसपाका नेताहरूसँगको छलफल अघि नै आफ्ना शीर्ष नेतासँग देउवाले छलफल गर्न लागेका हुन् ।

यसअघि बिहीबार जसपाका नेताले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओलि जसपासँग मिलेर सरकार गठन गर्ने बारे नियमित छलफलमा छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ