-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

४ वर्षदेखि बेपत्ता भएका सागरको खोजीका लागि अनुरोध



२८ फागुन । रोजगारीका शिलशिलामा कतार पुगेका ‘सागर’ भनेर चिनिने चन्डिका अधिकारी विगत ४ वर्ष देखि बेपत्ता छन् ।

सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न.२ सिचाइ स्थायी ठेगाना भएका सागर सन् २०१७ को जुलाइ महिनामा MIMOSA OVERSEAS PVT.LTD. मेनपावरबाट रोजगारीको लागि कतारको Shaqab Abela Catering Services Co.llw मा गएका थिए ।

केही समयपछि सागरलाई कम्पनीले ओमानमा रहेको सोहि कम्पनीमा पठाएको थियो । तर ओमान गएको केही महिना पछि नै सागर घरपरिवारसँग सम्पर्कबिहिन भएको ओमानबाट छविलाल बस्नेतले जानकारी दिए । उनका अनुसार सागरका बारेमा कम्पनीसँग बारम्बार सोधपुछ गर्दा कम्पनी छाडेर भागेर गएकोले कुनै जानकारी नभएको भन्ने गरेको छ । स्थानीय प्रहरीसँग बुझदा अधिकारीले कम्पनी छाडेर भागेको खबर पहिल्यै गराइसकेको र यसबारेमा कम्पनीबाट थप जानकारी नआएको पनि बस्नेतले संसारन्युजलाई बताए ।

ओमानस्थित नेपाली दूतावासका सहचारीसँग यसबारेमा बुझ्दा आफूहरुलाई पनि कम्पनीले दिएको बाहेक थप जानकारी प्राप्त नभएको भन्ने जवाफ पाएको पनि बस्नेतको भनाइ छ । यसबीचमा ओमानबाट धेरै अवैधानिक नेपाली स्वदेश फर्किएको हुँदा अधिकारी पनि फर्किएको हुन सक्ने आशंका गरिए पनि उनी परिवारको सम्पर्कमा नरहेको हुँदा हाल ओमानमा रहेका परिवार निकटका व्यक्ति कोमल दाहालले खोजीका लागि अनुरोध गरेको बताउँदै बस्नेत भन्छन् ‘अधिकारीको खोजीका लागि सामाजिक सञ्जालमार्फत अनुरोध गर्दा कसैबाट पनि सो व्यक्तिकोे बारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।’

ओमानमा कार्यरत सम्पूर्ण दाजुभाइ दिदिबहिनी तथा सक्रिय संघसंस्थाहरुलाई उनको खोजी गरिदिनुहुन अनुरोध गरिएको छ । जानकारी पाएमा छबिलाल बस्नेत ७८०१५२४२, ९६९२२५२४ र कोमल दाहाल ९४८८२६०५ को नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ