
२८ फागुन, काठमाडौँ । वेस्टइंडिज क्रिकेट र्बोडले जेशन होल्डरलाई टेस्ट टिमको कप्तानीबाट हटाउने निणर्य गरेको छ । वेस्टइंडिज क्रिकेट र्बोडले ट्वीटरबाट ट्वीट गर्दै जेशन होल्डरको स्थानमा क्राइग बे्रथवेटलाई टेस्ट टिमको नयाँ कप्तानका रुपमा नियुक्त गरेको जानकारी दिएको हो ।
BREAKING NEWS: Cricket West Indies (CWI) has announced that Kraigg Brathwaite will replace Jason Holder as the West Indies Test Captain. #MenInMaroon #WIvSL
Read More⬇https://t.co/72ktG3mNF7 pic.twitter.com/dmfGsXctre
— Windies Cricket (@windiescricket) March 12, 2021
जेशन होल्डरको कप्तानीमा वेस्टइंडिजले हालै सम्पन्न बंग्लादेश विरुद्धको २ खेलको एकदिवसीय श्रृखलामा २-० ले जित हासिल गरेको थियो । उनले वेस्टइंडिजका लागि टेस्ट क्रिकेटमा ३७ खेलमा कप्तानी गरेको थिए । जसमा वेस्टइंडिजले ११ खेलमा जित हासिल गरेको थियो भने ५ खेलमा बराबरी हासिल गरेको थियो ।
नयाँ कप्तान क्राइग बे्रथवेटले वेस्टइंडिजका लागि टेस्ट क्रिकेटमा ६६ खेल खेलेका छन । त्यसक्रममा उनले ३२.५७ को औसतले ३८७६ रन बनाएका छन ।