२८ फागुन, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । बिहिबार ८६ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार प्रतितोला ६ सयले घटेर ८६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७५३ रुपैयाँ रहेको छ ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँ रहेको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।