-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

गरिबकै घरमा जिन्दगीले यतिधेरै परीक्षा लिँदोरहेछ



बुटवलको लुम्बिनी अस्पताल । ९७ वर्षीय हजुरवुवाको उपचारका लागि आएका एकसाता वितिसक्यो । घरमा बुवाको अपांगताका साथै परिवारमा घरि घरि आइरहने यस्ता विपत्तिले मलाई कतिपय अवस्थामा निराशा नबनाएको होइन । तर, हिम्मत भने हारेको छैन । सबैको साथ, सान्त्वना, सह्राना, सहयोग र मानविय कर्तव्य ठानेर गरेको मेरो यो सेवाले मनमा अझ साहस थपिदिएको छ ।

विगतका दिन सम्झदै नसम्झौं । अब त दुःखमा पनि हाँसेर बाच्ने र आसु र हाँसो सँगै रमाउने बानी मलाई परिसकेको छ । सबैले सुखको चाहना, सपना अनि कल्पनामा रमाउँदा म जीवनका हरेक यात्रामा आइदिने कठिनाइको सामना गर्न पुर्ण तयार भएर बसिरहेकी हुन्छ ।

जीवनमा केही गर्नैपर्छ, परिवारलाई गरिवीबाट उर्तानुपर्छ । भाइ बहिनीको भविष्य उचाइमा पुर्याएर उनीहरुको मुहामार हाँसो ल्याउनु पर्छ भन्ने प्रयत्नमा लागिरहेकी मैले आफुले पनि लोकसेवा पढेर कुनै सरकारी जागिर खाने सपना सजाएर हरदम त्यसैमा लागिरहेकी छु ।

माघ १० गतेदेखि सुरु भएको मेरो मास्र्टर्स लेवलको परीक्षा सकेर काठमाडौंमै बसेर पुनः २९ गते हुने लोकसेवा परीक्षाको तयारी गरिरहेकी थिए । तर, घरमा एक्कासी हजुरवुवा लड्नु भएछ । बाबा र भाइले तत्काल घर आउन भनेपछि नजिकै आउँदै गरेको परीक्षाका लागि तयारी छोडेर नाइटबसमा प्युठान आए ।

घरमा पुगेर हेर्दा ९७ वर्ष पुग्नु भएका मेरा हजुरबुवा नाइटे कुमालको देब्रे खुट्टा भाचिएको रहेछ । त्यसपछि समुहसँग केही पैसा मागेर वडाको सिफारिससहित म र भाइ शकर हजुरबुवालाई एम्बुलेन्समा राखेर बुटवलको लुम्बिनी अस्पतालमा लिएर आए ।

ल्याउने दिन वार्ड खाली थिएन । हजुरवुवालाई त्यो दिन इमरजेन्सीमा राख्यौं । अर्कोदिन त्यहि ल्यावमा कामगर्नु हुने सुवास भाइसको सहयोगमा हजुरवुवालाई वार्डमा सारियो । डाक्टरहरु आउनु भयो । उहाँको अवस्था हेर्नुभयो । एक महिनासम्म त्यतिकै राखेर मात्र अप्रेसन गर्नुपर्छ भन्नु भयो । उहाँले एकपटक सिटी स्क्यान गर्न सुझाव दिनु भयो । तर, सिटी स्क्यानको ४५ सय र अन्य गरेर टोटल ९ हजार जति लाग्दो रहेछ । मैले त्यहाँका डाक्टरहरुसँग मेरो आर्थिक स्थिति कमजो रहेको, बुवा अपाङ्ग अवस्थामा रहेको, आर्थिक रकम कतैबाट पनि आउनेस्रोत नरहेको बिन्ति गरे । तर पनि सिटी स्क्यान गर्नैपर्ने र अस्पतालले त्यो फ्रिमा दिन नसक्ने बताउनु भयो ।

May be an image of indoor

हजुरवुवा रातभरी दुख्यो भनेर कराउनु हुन्छ । उता घरमा बहिनी र भाइ बुवालाई उठाउने, सुताउने, खुवाउने गर्दागर्दै आत्तिइसकेका छन् । यस्तो क्रम चलेको झण्डै १६  वर्ष भयो । तर, पनि हिम्मत नहारि सबैको साथ र सहयोगले वुवाको उपचार खर्च जुटाउँदै आए । फेरि त्यसमाथि पनि हजुरवुवाको पीडाले यतिबेला लागेको छ गरिबकै घरमा परिस्थितिले यतिधेरै परीक्षा लिँदो रहेछ कि! लाग्छ मेरो देशमा गरिब भएर बाँच्नुपर्ने नै सबैभन्दा ठूलो अभिसाप रहेछ । गरिब भएकै कारणले यतिधेरै पीडा र दर्दको भुमरीमा मानिस फस्नुपर्दोरहेछ ।

यतिबेला अस्पतालको एउटा कुनामा बसेर लोकसेवाको परीक्षाको तयारी गरिरहेको छु । घरि–घरि हजुरवुवाको चिच्याहटले मेरो ध्यान बिथोलिदिन्छ । दौडेर गएर उहाँलाई हेर्छु । उहाँ आत्तिनु हुन्छ । अनि नदुख्ने औषधि दिएर फर्किएर फेरि किताव समाउँछु । २९ गतेको खरिदारको परीक्षाका लागि वीरगन्जबाट फारम भरेकोले पास भएपनि नभएपनि जाँच दिन जाने तयारीमा छु । भाइलाइ फकाएको छु ‘ अहिलेसम्म दुःख गरेर पढे, मलाई जाँच दिन जान देउ हैं, २ दिनलाई हजुरवुवाको रेखदेख राम्रोसँग गर हैं’ भनेर ।

हजुरवुवालाई अस्पतालको बेडमा छाडेर वीरगन्ज जाने कत्तिपनि मन छैन । तर पनि दुःख र पीडासँगै केही बाँच्ने आसा र सपनाहरु पूरा गर्नका लागि जाँदैछु । क्रमश..

हाल–लुम्बिनी अस्पताल बुटवल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ