-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

कार्यकर्तालाई प्रचण्डको निर्देशन : माधव नेपाल पक्षलाई अप्ठ्यारो हुने काम नगर्नु



फागुन २८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि पनि पार्टी एकताको सम्भावना रहेको भन्दै एमालेको माधव नेपाल पक्षलाई अप्ठ्यारो पार्ने काम नगर्न नेता तथा कार्यकर्ता निर्देशन गरेका छन् । शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले फेरि पनि एमालेसँग पार्टी एकताको सम्भावना रहेको बताए ।

उनका अनुसार माधव नेपाल पक्ष एमालेमा रहने स्थितिमा छैन् । ‘कुनै पनि जिल्लाका हाम्रा गतिविधिले माधवजीहरूलाई पिन्च नहोस्, किनकि, त्यसको ठूलो अर्थ छ, त्यो एमाले अब त्यही स्थितिमा एक रहने स्थिति नै छैन’, प्रचण्डले भनेका छन् ।

प्रचण्डले पुनः माधव पक्षसँग एकताको विकल्प नरहेको पनि बताए । उनका अनुसार एमालेभित्र माधव नेपाल पक्षले कि पार्टी कब्जा कि विद्रोह गर्ने अवस्था रहेको बताए ।

‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको